बुढानीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट इन्द्रबहादुर थापासहित १३ जना सिफारिस

11.4k Shares
सम्बन्धित पार्टी

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट इन्द्रबहादुर थापासहित १३ जना सिफारिस भएका छन् । 

उपमेयरमा नौ जनाको नाम सिफारिस भएको छ । नगर समितिले जिल्लामा र जिल्लाले बागमती प्रदेश समितिमा सिफारिस गरेपछि उम्मेदवारको टिकट बागमती प्रदेश समितिले दिन्छ ।

नयाँ शहरको रुपमा विकास हुँदै गएको बुढानीलकण्ठ नगरपालिकालाई नमूना बनाउने योजना नेताहरुसमक्ष राख्दै उनले टिकटका लागि लबिइङ गर्दै आएका छन् । भूकम्प र कोरोना महामारीको बेलामा सामाजिक सेवामा पनि सक्रिय रहेका थापा पेशाले निर्माण व्यवसायी हुन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार