कांग्रेसका पूर्व क्षेत्रीय सभापति यादव जसपा प्रवेश

11.9k Shares

काठमाडौं ।  रुपन्देहीको सिद्धार्थनगरका कांग्रेस नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

सिद्धार्थनगर नगरपालिकाको मेयर पदका दाबेदार रहेका यादवले टिकट नपाएपछि असन्तुष्ट हुँदै २ दिनअघि पार्टी परित्यागको घोषणा गरेका थिए ।यादवलाई जसपा नेताहरू सहसराम यादब, ओमप्रकाश यादव, देवेन्द्र पाण्डे, पंकज राईलगायतले पार्टीमा प्रवेश गराएका छन् ।

यादवले कांग्रेसमा व्यक्तिवाद हाबी भएको, पुराना त्यागी नेताहरूलाई बेवास्ता गरी नवप्रवेशीलाई अवसर दिने परिपाटी विकास भएकाले पार्टी परित्याग गरेको बताएका छन् ।

यादव अघिल्लो स्थानीय चुनावमा एमालेका हरि अधिकारीसँग पराजित भएका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार