काठमाडौँ । नेपाली कांग्रेस चितवनले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ ।
जिल्ला सभापति राजेश्वर खनालले आज शुक्रवार एक विज्ञप्ति निकालेर केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
चितवनमा पाँच दलीय गठबन्धनले चुनावमा तालमेल गरेर जाने सहमति भइसकेको छ ।