राप्रपाले टुंग्यायो काठमाडौं‚ ललितपुर र पोखरामा मेयरका उम्मेदवार

8.2k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारको टुंगो लगाएको छ । राप्रपाले काठमाडौंमा कलाकार मदनदास श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरी ललितपुरमा अष्ट महर्जन र पोखरामा शंकर खराललाई मेयर उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । महर्जन ललितपुरका पूर्वअध्यक्ष हुन् भने खराल विश्व हिन्दु महासंघका उपाध्यक्ष हुन् ।
 
खराल २ महिनाअघि मात्रै राप्रपामा प्रवेश गरेका थिए । श्रेष्ठले अन्य महानगर र उप महानगरपालिकाको उम्मेदवारी शुक्रबार बेलुकासम्म टुंगो लगाउने बताए ।

त्यसैगरी बुटवल उपमहानगरपालिकामा व्यवसायी मृगेन्द्र शेरचनलाई प्रतिस्पर्धा गराउने भएको छ । शेरचन बिहीबारबाट राप्रपामा प्रवेश गरेका थिए । 

त्यसैगरी रुपन्देहीको भैरहवा नगरपालिकामा सागरप्रताप राणा, देवदह नगरपालिकामा माधव रिमाल र तिलोत्तमा नगरपालिकामा भुवन खनाललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

 त्यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिकाकाको प्रमुखमा ताहिर अलीलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै राप्रपाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरपालिका दमकमा राम थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार