भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने

9.9k Shares
सम्बन्धित पार्टी

काठमाडौँ ।  चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने भएकी छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिन लागेकी हुन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने तयारी गरेको उनका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले बताएका छन् ।

सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार