आगामी साउन सम्म ओली नै प्रधानमन्त्री रहने

14.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) का नेताहरु बलुवाटारमा वार्ता गरिरहेका छन् । 

बलुवाटारको वार्तामा जसपा एमाले नेतृत्वको सरकारमा जाने कुरामा सकारात्मक भएको स्रोतले बताएको छ । 

एमाले र जसपाबीच आगामी साउन सम्म  केपी शर्मा ओली नै प्रधानमन्त्री कायमरहने र त्यसपछि महन्त ठाकुरलाई सरकारको नेतृत्व दिने बिषयमा सहमति हुन लागेको उच्च स्रोतले बताएको छ । 

बालुवाटार स्रोतका अनुसार साउन पछि ठाकुर नेतृत्वको सरकारले मंसिरमा चुनाव गराउन सहमति गर्ने बिषयमा छलफल हुदैछ । 

जसपा सरकारमा सहभागी हुँदा पनि माधव नेपाल समुहले फ्लोरक्रस गरेमा विश्वासको मत लिन असफल हुन्छ । यो सम्भावनालाई ख्याल गरेर प्रधानमन्त्री ओलीले माधव नेपाल समुहलाई फ्लोरक्रसको तहसम्म जान नदिन फकाउने रणनीति पनि भित्रभित्रै अख्तियार गर्ने भएका छन् । 

जसपा र ओली बिचको वार्तामा पार्टीका अध्यक्ष द्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलाई भने सहभागी गराएका छैनन् । उनीहरु सरकारमा सहभागी हुने कुराको विरुद्धमा छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार