अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त हुँदै गएको मोहन बैद्यको भनाई

9.9k Shares

काठमाडौं । मोहन बैद्य नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा बैद्यले सुरु सुरुमा क्रान्तिकारी र पछि अवसरवादी भएका कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका हुन् ।

उनले प्रचण्ड र केपी ओलीको पार्टी नवप्रतिक्रियावादी भएको टिप्पणी पनि गरे । जनयुद्धका बेला प्रतिकृयावादीको रक्षा कबज भन्दै एमाले प्रवृतिका विरुद्ध संघर्ष गरेको र पछि गएर अवसर खोज्दै प्रचण्डले त्यही एमालेसँग एकता गरेको उनले बताए ।

 

 

ताजा अपडेट
सम्बन्धित समाचार