काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख)ले आज यहाँ आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गरेका हुन् ।
“आम जनतालाई रैतीबाट सार्वभौम सम्पन्न जनता बनाउनका लागि काँग्रेसको भूमिका महत्वपूर्ण छ, जीवन र जीविकोपार्जनको पूर्ति काँग्रेसले मात्र गर्नसक्छ”, उनले भने । बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिंहले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत प्रभाव पार्ने भएकाले जिम्मेवार पार्टीका प्रतिनिधिलाई टिकट दिएर विजय गराउन सबै कार्यकर्तालाई आग्रह समेत गरे ।