काठमाडौं। पाँच दलीय सत्तागठबन्धनबीच भक्तपुरमा चुनावी तालमेल गर्ने विषयमा भागवण्डा मिलेको छ ।
भक्तपुरका तीन वटै पालिका भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका र सुर्यविनायक नगरपालिको प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसले उम्मेदवारी दिने निर्णय भएको. छ ।
भक्तपुर नगरपालिका र सुर्यविनायक नगरपालिकाको उपमेयरमा नेकपा एकीकृत समाजवादी र मध्यपुर थिमि नगरपालिको उपमेयर नेकपा माओवादी केन्द्रले लिने स्रोतले जनाएको छ ।