नेपालले दिए प्रधानमन्त्रीलाई यस्तो चुनौति 

10.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई कारबाही गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौति दिएका छन् । आफूनिकट अनेरास्वयिुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा एमाले आफूहरुको भएको भन्दै केपी ओली विमाले र सिमाले भएको समेत टिप्पणी गरेका छन् । उनले सोधिएको स्पष्टीकरणबारे पनि नेता नेपालले कडा जवाफ दिएका छन् । उनले भने, ‘कथित स्पष्टीकरणबाट तर्सिनेवाला छैनौं, सामना गर्न तयार छौं, घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? यो कदापि मन्जुर छैन ।’ उनले साईबर स्यालहरुको कुप्रचार परास्त गर्ने पनि बताए । आफूहरुले कुनैपनि हालतमा पार्टी फुटाउन नदिने  विश्वास दिलाए ।

ताजा अपडेट
सम्बन्धित समाचार