काठमाडौं । नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
आज दिउँसो पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख दुई पदको उम्मेदवारको निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवालाई दिने निर्णय गरेको हो ।
बैठकले पार्टीको संसदीय समिति पनि गठन गरेको छ । पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर बनाइएको समितिमा १शेखर कोइराला भने रहेका छैनन् ।