काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुका नेतृद्वय सविता राई र शारदामाया तामाङ आइतबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
उनीहरु दुबैलाई माओवादी केन्द्र, सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक असिम राईले पार्टीमा स्वागत गरेका छन्। नेतृ राई २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसबाट सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । माओवादी केन्द्र प्रवेश गरेकी नेतृ शारदामाया तामाङ सोलुदूधकुण्ड नगरपालिकाकी प्रवक्ता थिइन् ।
राईलाई माओवादी केन्द्रबाट थुलुङ दूधकोशी गाउँपालिकाको उम्मेदवार बनाउने तयारी गरिएको बताइएको छ ।