मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगंजमा  ७७ जनाले उम्मेदवारी दर्ता गराए

9.8k Shares

काठमाडौं । आसन्न निर्वाचनमा लागि मनोनयनको पहिलो दिन मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगंजमा  ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

महानगर प्रमुखमा १२ जना, वडाध्यक्षमा एक महिलासहित २० जना, खुला सदस्यमा एक महिलासहित २९ जना, महिला सदस्य १० जना, दलित महिला सदस्य ६ जना गरी कुल ७७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।  

काफ्लेका अनुसार वीरगंज महानगरपालिकाको प्रमुखमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट ६३ वर्षीय गोकर्णप्रसाद कोइरी र नेपाल सद्भावना पार्टीको तर्फबाट ५० वर्षीय विजयकुमार रौनियारले उम्मेदवारी दर्ता गराएका छन्। १० जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।

वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीबाट उम्मेदवारी दर्ता भएको छ। वडाध्यक्ष र सदस्यहरुमा केही स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्।

 

ताजा अपडेट
सम्बन्धित समाचार