काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि आज साँझ सम्म देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् ।
पालिका अध्यक्ष र प्रमुखमा ९८७, उपाध्यक्ष र उपप्रमुखमा ५०८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडैलले जानकारी दिएका छन् ।
वडाध्यक्षमा २९ सय २१, वडा सदस्यमा ३३ सय ३८, महिला सदस्यमा १५ सय ७६, दलित महिला सदस्यमा १२ सय ३ जनाको उम्मेदवारी परेको प्रवक्ता पौडेलले जानकारी दिए । उम्मेदवारी दिनेमध्ये ३५ सय ६ जना महिला छन् ।
आयोगले मनोनयन दर्ताका लागि सोमबार साँझ ५ बजे अन्तिम समय निर्धारण गरेको छ ।