भरतपुरको मेयरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी दर्ता

11.8k Shares

काठमाडौँ ।  चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गएकी छन् ।   

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागबन्डाका क्रममा भरतपुरको मेयर माओवादीले लिने सहमति गरेका थिए ।

आज नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दाहालले उम्मेदवारी दर्ता गराएकी हुन् । मनोनयन दर्ता गराउन उम्मेदवार दाहाल नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित पुगेका थिए । 

 

 

ताजा अपडेट
सम्बन्धित समाचार