जसपा र ओली बीचको भेटवार्तामा के के भयो ?

23.7k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौं ।  जसपा नेताहरुको मागप्रति प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरु र जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुबीच मंगलबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली सकारात्मक भएपछि जसपा नेताहरु प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ताका साथै सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

जसपाको मागका विषयमा सकारात्मक छलफल भएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए । यद्यपि छलफलबाट कुनै निष्कर्ष ननिस्किए पनि छलफल भने सकारात्मक भएको उनको भनाइ छ । 'आजको भेट पनि यसअघिकै निरन्तरता हो,’ उपनेता सुवास नेम्वाङले भने, ‘छलफल सकारात्मक भएको छ। निष्कर्षमा पुग्न भने बाँकी छ।’

प्रधानमन्त्री ओलीले जसपा नेताहरुको माग पूरा गर्न सरकार सकारात्मक रहेको भन्दै सत्ता साझेदारीको प्रस्ताव राखेका छन् । जसपा नेताहरुले पनि आफूहरुको माग सम्बोधन भए सरकारमा सहभागी हुने सकिने जवाफ दिएका छन् । जसपाले निर्वाचित सांसद रेशम चौधरीलाई रिहाइ गर्नु पर्ने, संविधान संशोधन गर्नुपर्ने लगायतका माग राखेको छ।

सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि प्रधानमन्त्री ओली जसपाको समर्थनका सरकार टिकाउने दाउमा छन् । तर, सरकारलाई समर्थन गर्ने विषयमा जसपाभित्र विवाद छ । उपेन्द्र यादव र डा बाबुराम भट्टराई ओली सरकारसँग सहकार्य गर्न नहुने पक्षमा छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार