काठमाडौँ । जनकपुरधाम उप–महानगरपालिकाको नगर प्रमुमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट मनोज चौधरी र उपप्रमुखमा रिता कुमारी मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
चौधरी लोसपाको नगर समितिका अध्यक्ष हुन भने मिश्र जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख थिइन् । फेरि निर्वाचनमा लड्ने भनेर केही दिन अघिमात्रै मिश्र उपप्रमुख पदबाट राजीनामा दिएकी हुन् ।
लोसपाको केन्द्रीय कमिटी बैठकले मेयरका लागि चौधरी र उपमेयरमा मिश्रको सर्वसम्मत रुपमा नाम उम्मेदवारी दर्ता गराएका छन् ।