अपडेट: १ लाख ४१ हजार बढीले दर्ता गराए उम्मेदवारी

19k Shares

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४१ हजार बढीले उम्मेदवारी दर्ता गराएका छन् ।


निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार बिहान १०स्१५ बजेसम्ममा १ लाख ४१ हजार ४ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


जसअनुसार नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका प्रमुखमा गरी ३ हजार ३ सय १८, गाउँपालिका प्रमुखमा ३ हजार ३ सय ६ जना रहेका छन् । त्यसैगरी उपमेयरमा २ हजार ३६ जना, गाउँपालिका उपप्रमुखमा २ हजार ३ सय ४३ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी ३३ हजार १ सय ११ जनाले वडाध्यक्ष, महिला सदस्यमा २४ हजार २ सय ८३ जना र ५१ हजार ९२ जनाले वडासदस्यमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।


आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनका लागि समय छुट्टयाइएको थियो । जसमा आज उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ ।

आयोगले सोमबार साँझ ५ बजेसम्मका लागि मनोनयनको मिति तय गरिएको थियो । जसमा साँझ ५ बजेसम्म लाइन बसेकाहरुले त्यसपछि पनि उम्मेदवारी दिन पाउने प्रावधान रहेको थियो ।

nirbachan.png

ताजा अपडेट
सम्बन्धित समाचार