नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुले स्थानीय तहको निर्वाचनको लागि मनोनयन उम्मेदवार फिर्ता लिन आग्रह गरेको छ।
सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले एक विज्ञप्ति जारी गरेर पार्टीको निर्णय विपरित भएकाले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्।
पार्टीको आठौँ केन्द्रीय समितिको १२ औँ बैठकको निर्णयअनुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसिसी विरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने निर्णय गराएको उल्लेख गरेका छन्।
पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित भएबमोजिम पार्टीले चुनाव उपयोग नगर्ने नीतिको स्वाभाविक रूपले न्यूनतम् मूल्यमा केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी उम्मेदवारमा नउठ्ने मान्यताका विपरीत कतिपय विभिन्न पादहरूमा मनोनयन दर्ता गराएको भएकाले उम्मेदवारी फिर्ता लिन अपिल गरेको छन्।
त्यसो नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत केही नेता चुनावको पक्षमा उभिएको भएपनि बाँस्तोलासहित, हेमन्तप्रकाश वलीलगायत बहुमत केन्द्रीय सदस्य चुनावको विपक्षमा उभिएका थिए।
