काठमाडौं । तीन दलले ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन भनिरहेको छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी ओलीलाई हटाएर नयाँ सरकार गठन गर्न चाहान्छन् ।
कांग्रेस र माओवादी केन्द्रले आफूहरुलाई सरकारको नेतृत्व लिन औपचारिकरुपमा आग्रह गरेको अवस्थामा चाहिँ पहल गर्न तयार रहेको जसपाका नेताहरुको भनाइ छ । पाली कांग्रेसले भने सरकार गठनका लागि परिस्थिति परिपक्व नभएको भनी सरकार गठनमा कुनै पनि पहल गरेको छैन ।
कांग्रेसले राजपाभित्रको विवाद र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको विषयलाई लिएर ठोस परिस्थिति निर्माण नभएको बताएको छ । उता माओवादी भने राजपको निर्णय कुरेर बसिरहेको छ । नयाँ सरकारको विकल्प तयार भएपछि मात्र ओलीलाई दिएको समर्थन फिर्ता लिने मुडमा पार्टीका नेताहरु रहेका छन् ।