चुनावी घोषणापत्रमा एमालेले गरेको टिप्पणीविरुद्ध कांग्रेसले पत्रकार सम्मेलन गर्दै

15.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीबारे नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ ।

 

एमालेले कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणीविरुद्ध पत्रकार सम्मेलन गर्ने भएको छ । कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले आज (बुधबार) पत्रकार सम्मेलन गर्न लागेका हुन् । थापाले ओलीको अभिव्यक्तिबारे जवाफ दिने बताएका छन् ।

 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचकीय टिप्पणी गरेका थिए ।

 

त्यस्तै केही दिनअघि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएका छने ।

ताजा अपडेट
सम्बन्धित समाचार