कांग्रेसको स्थानीय तह निर्वाचन अभियानसम्बन्धी कार्यक्रम

16.9k Shares
सम्बन्धित पार्टी

सत्तारूढ दल नेपाली कांग्रेसको आज ‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका’बारे कार्यक्रम हुँदै छ । दिउँसो १ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कार्यक्रम आयोजना गरिएको हो ।

 

कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा प्रमुख वक्ताका रूपमा रहने छन् । आज थापाको कुनै छुट्टै पत्रकार सम्मेलन भने नरहेको बताइएको छ ।


यसअघि, न्युज एजेन्सी नेपालले सम्प्रेषण गरेको समाचारमा थापाको पत्रकार सम्मेलन हुने र उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भनाइको जवाफ दिने उल्लेख थियो । बाह्रखरीको यही पेजमा समेत प्रकाशित उक्त समाचार सही नभएको थापाको सचिवालयले जनाएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार