नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले जुम्लाका तीनवटा पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ।
नेकपाले कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा विभिन्न पदका लागि स्वतन्त्र उम्मेदवारी दिएको हो।
कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष लागि कृष्ण सुनार, सिंजा गाउँपालिकाको अध्यक्षका लागि प्यारीलाल धिताल , सिंजा १ अध्यक्षका लागि सक्तसिंह रोकायाले उम्मेदवारी दिएका छन्। भने, सोही वडामा गंगा रोकायाले महिला सदस्यबाट उम्मेदवारी दर्ता गराएकी छिन्।
त्यस्तै हिमा गाउँपालिका ६ को अध्यक्षको लागि रमेश रावतले उम्मेदवारी दिएका छन्। उनले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्।