हामीलाई बहुमतले कारबाही गर्छु भन्नु फाल्तु कुरा हो : प्रकाण्ड

10.6k Shares
सम्बन्धित पार्टी

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले पार्टी निर्णय विपरित गएकाले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई कारवाही गरिएको बताए ।

 

‘हामीले बैठक बसेर के निर्णय गरियौँ त्यो विज्ञप्तिमार्फत थाहा पाइहाल्नुभयो’ रातोपाटीसँग कुरा गर्दै विश्वकर्माले भने, ‘अरु उहाँहरु हेमान्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला’ ले पार्टी निर्णय विपरित गरेकाले कारवाही गरियौँ ।’


पार्टीमा को कस्तो हो भन्ने विषयमा मिडियालाई सबै थाहा भइसकेकाले थप टिप्पणी गर्न नहुने विश्वकर्माले जिकिर गरे । पार्टीमा तपाईहरु अल्पमतमा हुनुहुन्छ उल्टै कारवाहीमा पर्ने सम्भावना छ नि भन्ने प्रश्नमा विश्वकर्माले त्यस्ता फाल्तु कुरामा जान नहुने बताए । ‘पार्टीमा बहुमत अल्पमत के छ ? कस्तो छ ? भन्ने सबै मिडियालाई थाहा छ’ विश्वकर्माले भने, ‘हामीलाई पार्टीको बहुमतबाट कारवाही गर्ने भन्ने कुराको कुनै अर्थ छैन । त्यो फाल्तु कुरा हो ।’

ताजा अपडेट
सम्बन्धित समाचार