गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदै

8.5k Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदै छ । मंगलबार ‘हेर्दाहेर्दै’मा रहेको रिट निवेदनको सुनुवाइ आज हुन लागेको हो ।


न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

गभर्नर अधिकारीले बिनाकारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै यही वैशाख ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए । गएको चैत्र २५ गते मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । समिति गठनसँगै उनी स्वतः निलम्बनमा परेका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार