काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग–अलग भएका छन् ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरि छलफल अघि बढाएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले सरकारलाई दिएको समर्थन एकरदुई दिनभित्रै फिर्ता लिने जानकारी दिए ।
आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिने अपेक्षा गरेको भएपनि अहिलेसम्म राजीनामा नदिएकोमा नेता पुनले आश्चर्य व्यक्त गरे ।