उमेदवारको मुख नहेरी चुनाव चिह्न हेरेर मतदान गर्न नेता–कार्यकर्ताहरूलाई महामन्त्री शर्माको आग्रह

14.6k Shares
सम्बन्धित पार्टी

 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसका उमेदवारको मुख नहेरी चुनाव चिह्न हेरेर मतदान गर्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसका उमेदवारहरूको मुख नहेरी चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका हुन् ।

व्यक्तिमा असन्तुष्टि भए पनि पार्टीलाई मत दिनुपर्नेमा उनले जोड दिएका छन  । पार्टीलाई व्यवस्थित बनाउनका लागि आफूहरू लागिपरेको उनको भनाइ छ ।


उनले १० वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने कांग्रेसको सपना रहेको बताए । एमसीसी परियोजना सफल भएर १० वर्षमा हरेक नेपालीको चुलोमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने उल्लेख गरेका हुन  । काठमाडौंका सडकमा डिजेल र पेट्रोलका गाडीहरूलाई विस्थापित गरेर विद्युतीय गाडी विस्तार गर्न सकिने पनि बताए ।

मतदान गरेर मात्रै पार्टीले नजित्ने भन्दै उनले सही रूपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मतगणनामा चनाखो भएर बस्न पनि उनले आग्रह गरे ।

ताजा अपडेट
सम्बन्धित समाचार