सत्तागठबन्धनबाट काठमाडौं महानगरको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले महानगरलाई भ्रष्टाचारमुक्त महानगर बनाउने बताएकी छन्। सिंहले बिहीबार ‘संकल्पपत्र’ सार्वजनिक गर्ने कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले फोहोरमुक्त सहर बनाउने पनि बताइन्। आज संकल्प पत्र सार्वजनिक गर्दै उनले प्रदूषण कम गर्न काम गर्ने पनि बताएकी छन्।
‘खाल्डाखुल्डी देख्न नपर्ने सहर बनाउँछु, घरदेखि सडकसम्मका फोहोर हटाउँछु,’ उनले भनिन्। उनले सुशासन कायम राख्ने र महिलालगायतलाई सुरक्षित काठमाडौं सहर बनाउने पनि बताइन्। उनले काठमाडौंमा साइकल लेन बनाउने पनि बताइन्। ‘काठमाडौंको धर्म, संस्कृतिप्रति मलाई जानकारी छ,’ उनले भनिन्, ‘म सबैको प्रतिनिधित्व गर्छु।’
उनले आयअवस्था कम भएका महिलाका लागि राहत प्याकेज ल्याउने पनि बताइन्। उनले महिलाको श्रम मूल्यांकन गर्दै गृहणी भत्ताको योजना लागू गर्ने पनि बताएकी छन्।