चितवनमा पौडेलले उम्मेदवारी फिर्ता नगर्ने , को बन्छ अब विजयी ?

18.8k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

गठबन्धनलाई सबैभन्दा अफ्ठ्यारो परेको चितवनस्थित भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस नेताले हालेको स्वतन्त्र उम्मेदवारी फिर्ता नहुने भएको छ ।

सत्ता गठबन्धनबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयर बनाउने गरी भएको तालमेल अवज्ञा गर्दै कांग्रेसका नेता जगन्नाथ पौडेलले दिएको उम्मेदवारी फिर्ता नहुने भएको हो ।


कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालसमेतको अनेकन प्रयासबीच पनि पौडेलले उम्मेदवारी फिर्ता नलिने प्रष्ट गरेपछि अफ्ठ्यारो भएको हो ।

अघिल्लो पटक नै माओवादीलाई मेयर दिँदा रुष्ट भएका चितवनका कांग्रेसी नेता–कार्यकर्ताले यस पटक सुरुदेखि नै गल्ती नदोहो¥याउन पार्टी नेतृत्वलाई पटक पटक भन्दै आएका थिए । तर, कार्यकर्ताको भावना विपरित नेतृत्वले माओवादीकी दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि रुष्ट नेता–कार्यकर्ताको तर्फबाट पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन । 

पौडेललाई फकाउन प्रधानमन्त्री देउवाका दूत बनेर पुगेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई पौडेलले निराश बनाएर फर्काइदिएका हुन  । पौडेलको घरमै पुगेर उम्मेदवारी फिर्ता लिन खाँण र श्रेष्ठले गरेको आग्रह पौडेलले अस्वीकार गरेका छन । 

त्यसक्रममा प्रधानमन्त्री देउवाले पनि फोन गरेर पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन  । तर, पौडेलले आफू अघि बढिसकेकाले फिर्ता नहुने प्रष्ट पारेका छन । 

ताजा अपडेट
सम्बन्धित समाचार