विदेशी नागरिकले पनि नेपालीले सरह हवाई भाडा तिर्ने वातावरण बनाउनुपर्ने आवश्यकता छ : उड्डयनमन्त्री आले

12.9k Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकले पनि नेपालीले सरह हवाई भाडा तिर्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन । 

आज शुक्रवार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताएका हुन । उनले नेपाली विदेशमा जाँदा त्यहाँका नागरिक सरह नै भाडा तिर्ने गरेको भन्दै नेपालमा पनि विदेशीलाई नेपाली सरह भाडा दर कायम गर्न आवश्यक रहेको जनाए । 

मन्त्री आलेले नेपालका लागि इजरायलका राजदूत हनान गोदारसँगको भेटमा राजदूत ओदारले भाडा समान नभएको गुनासो गरेको जानकारी दिएका हुन ।  मन्त्री आलेले राजदूतसँगको भेटमा अहिले नेपाल कोरोनाको मारमा रहेकाले तत्काल त्यो समस्या सम्बोधन गर्न नसकिने जानकारी गराए ।  मन्त्री आलेले आन्तरिक वायु सेवा कम्पनीहरूलाई टिकट बिक्री गरेअनुसारकै समयमा उडान भर्न पनि निर्देशन दिए।   

त्यस्तै मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनका लागि प्रधानमन्त्रीसहित गृह र अर्थ मन्त्रीलाई बारम्बार भन्दा पनि सुनुवाइ नभएको गुनासो समेत गरेका छन । विमानस्थलमा आउने विदेशी पर्यटक शौचालय जाँदा मुख छोपेर जानुपर्ने बाध्यता रहेको र सरकारले त्यसमा ध्यान दिन अनुरोध पनि गरेका हुन । 

ताजा अपडेट
सम्बन्धित समाचार