काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचार संहिता विपरितका सामग्री प्रकाशन गरे कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
आज आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट भइरहेकोले त्यस्ता सामग्री प्रयोग नगर्न चेतावनी दिएका छन् ।
आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति २०७७ को निर्वाचन सबन्धी सूचना भरपर्दो मितव्ययी गुणस्तरीय विश्वसनीय बनाई सामाजिक सञ्जालको उपयोग र नियमनलाई भरपर्दो बनाउन आयोगले विभिन्न निर्णयहरु गरेको उनले बताए ।