काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय चुनावमा तालमेल सफल भएको दाबी गरेका छन् ।
अपवाद बाहेकका ठाउँमा पार्टीको निर्णयलाई स्वीकार गरेर कांग्रेस नेता कार्यकर्ताले स्वीकार गरेको उनको भनाई छ । कतिपय पालिकामा आफ्नो मतदाता धेरै भएकाले अरुलाई किन प्रमुख दिएको भन्ने भावना पनि रहेको बताए ।