चनावी माहोल बनाउन भरतपुरमा धव नेपाल र विमलेन्द्र निधि

13.8k Shares
सम्बन्धित राजनीतिज्ञ

चासोका साथ हेरिएको चितनवको भरतपुर महानगरपालिको निर्वाचन प्रचार प्रसार चलिरहँदा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि त्यहाँ पुगेका छन्।

 

उनीहरू गठबन्धनका उम्मेदवारको पक्षमा माहोल बनाउन त्यहाँ पुगेका हुन्। भरतपुरमा नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गरेर प्रचार थालिसकेका छन्। उनले केन्द्रले उम्मेदवारी फिर्ता लिन दिएको निर्देशन अस्वीकार गरेका थिए।

 

भरतपुरमा नेकपा एमालेले विजय सुवेदीलाई उम्मेदवार बनाएको छ। सत्ता गठवन्धनको भागबन्डामा माओवादी केन्द्रलाई परेका कारण कांग्रेसका स्थानीय नेताहरूले असन्तुष्टि जनाउँदै उक्त क्षेत्रमा विद्रोह गरेका थिए। गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल उम्मेदवार छन्।

 

कांग्रेस नेता पौडेलको उम्मेदवारीले दाहाललाई समस्या पार्ने देखिपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै फिर्ता गराउने प्रयास गरेका थिए। उनले गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई उक्त निर्वाचन क्षेत्रमा पठाएका थिए।

 

तर, पौडेलले उनीहरूको प्रस्ताव अस्वीकार गरेका थिए। वैशाख ३० गते हुने निर्वाचनमा दाहाल दोस्रोपटक मेयरका लागि मैदानमा छन्।

ताजा अपडेट
सम्बन्धित समाचार