भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका दिन नेपाल आउने

9.2k Shares

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ गते नेपाल भ्रमणमा आउने भएका छन् ।

मोदी मे १६ अर्थात् बुद्ध जयन्तीको अवसरमा नेपाल आउन लागेको भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।


मोदी सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ ।

मोदीको लुम्बिनी भ्रमणबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै ‍आधिकाररिक धारणा सार्वजनिक गरेको छैन् ।

ताजा अपडेट
सम्बन्धित समाचार