नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताएका छन्।
मोरङको सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी भित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको निर्णय मान्नुपर्ने बताएका हुन्।
सुन्दरहरैंचाका कतिपय वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा नै बागी उम्मेदवार प्रस्तुत भएको बताउँदै यस्ता उमेदवारलाई पार्टीले कारबाही गर्ने बताए।
नेता कोइरालाले सुन्दरहरैंचामा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।उम्मेदवारविरुदै पनि षड्यन्त्र भइरहेको भन्दै त्यस्ता अराजक व्यक्तिहरूलाई पार्टीले तुरुन्त कारबाही गर्नुपर्ने भन्दै सहभागीले जोड समेत दिएका छन् ।