भरतपुरमा सत्तारुढ गठबन्धनले वैशाख २२ मा संयुक्त आमसभा गर्ने

17.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

भरतपुर महानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनले वैशाख २२ मा संयुक्त आमसभा गर्ने भएको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार आमसभालाई सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ।


सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसभा सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यसूचि रहेको छन् ।

यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनर्मार्चाका नेताहरुले पनि उक्त आमसभामा सम्बोधन गर्ने कार्यसूति तय भएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहाल प्रमुखको उम्मेदवार रहेकी छिन् ।

ताजा अपडेट
सम्बन्धित समाचार