नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा नेपाली र नेकपा एमालेका कार्यकर्ताबीच चुनावी प्रचारका क्रममा झडप भएको छ। झडपका क्रममा ६ जना घाइते भएको बताइएको छ।
कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मीदेवी पाण्डेमाथि आक्रमण भएको जनाइएको छ। गएराति घरदैलो कार्यक्रम सकेर फर्कने क्रममा आक्रमण भएको पाण्डेले जानकारी दिइन्। पाण्डे यसअघि पनि गाउँपालिका अध्यक्ष थिइन्।
वडा नम्बर ४ को घरदैलो कार्यक्रम सकेर घर फर्कने क्रममा झ्यालबासको ज्वाला मा.वि नजिक एमालेको झण्डासहित मोटरसाइकलमा आएका कार्यकताले अवरोध सिर्जना गरेको पाण्डेको भनाइ छ। ढुङ्गा हान्न शुरु गरेपछि वडा नम्बर १ मैएक स्थानीयकोघरमा छिरेर ज्यान जोगाउने प्रयास गरेको तर एमाले कार्यकर्ताले घर घेरेर आक्रमण गरेको पाण्डे बताए।
आक्रमणका क्रममा अध्यक्ष उम्मेद्वार घाइते भएकी छन्। झडपमा एमालेका ३ जना कार्यकर्ता पनि घाइते भएका छन्।