गृहमन्त्री खाणद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

10.5k Shares
सम्बन्धित राजनीतिज्ञ

 गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। बुधबार बिहान निरीक्षण गरी गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिएका छन । 


खाणले विमानस्थलको प्राविधिक पक्षबारे पनि जानकारी लिए। गृह मन्त्रालय अन्तर्गत गर्नु पर्ने काम पूरा भए नभएकोबारे पनि निरीक्षणका क्रममा गृहमन्त्री खाणले अध्यागमन कार्यालयसँग जानकारी लिएका हुन्।  

विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय फ्लाइट गर्ने तयारी भइरहेको छ।  जजिरा एयरलाइन्सले आफूले पहिलो फ्लाइट गर्न सहमति जनाइसकेको अध्यागमन कार्यालय प्रमुख केसीले जानकारी दिए।  

मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, एराइभल र डिपार्चर कसरी गर्ने तयारीबारे जानकारी लिए। निरीक्षणमा विमानस्थल अध्यागमन कार्यालयमा काम गरिरहेका कर्मचारीलाई उनले अन्तर्राष्ट्रिय फ्लाइट आयो भने, काम गर्न सक्ने अवस्था भइसक्यो रु भनेर प्रश्न गरेका थिए। जवाफमा अध्यागमनका कर्मचारीहरूले आफूहरू पूर्ण तयारी अवस्थामा रहेको बताए।  

ताजा अपडेट
सम्बन्धित समाचार