विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पार्टी एकताका लागि अनौपचारिक कुरा भए पनि त्यसपछि थप कुनै छलफल नभएको प्रष्ट गरेका छन ।
चितवनमा आज बुधबार पत्रकारहरूसँग कुरा गर्नु हुँदै अध्यक्ष मिश्रले केही समयअघि राप्रपाका नेताहरूसँग पार्टी एक बनाएर जानेबारे अनौपचारिक कुराकानी भएको बताए।
दुई पार्टी एक ठाउँमा आउँदा हस्तक्षेप गर्न सकिने शक्ति बन्न सक्छ कि भनेर छलफल गरिए पनि त्यसपछि अरु संवाद नभएको उहाँको भनाइ थियो । देश रूपान्तरण गर्न हस्तक्षेपकारी विन्दुमा पुग्नुपर्ने भन्दै उनले संवाद गरिएको तर परिणाम नआएको जनाएका छन ।
आफूहरू विचार माथि देश हुनुपर्ने पक्षमा रहेको भन्दै स्थानीय तहलाई पुनसंरचना र सुदृढ गर्दै संघीयता खारेजी गर्ने पक्षमा भएको पनि उल्लेख गरेका छन ।
आफूहरूले हिन्दू राष्ट्र र राजसंस्था नभनेको प्रष्टीकरण दिँदै उनले भने , ‘धर्म निरपेक्षताका बारेमा जनताको राय लिने भनेका हौं ।’
कार्यक्रममा भरतपुर महानगरमा पार्टीबाट मेयर उठेका प्रवीन काफ्लेको प्रतिवद्धता पत्र पनि सार्वजनिक गरिएको थियो ।