नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेको घोषणापत्रमा अग्ला भवन र भ्यूटावर प्राथमिकतामा परेको तर कांग्रेसले भने जनतालाई प्राथमिकतामा राखेको बताएका छन् ।
आज कांग्रेसले विराटनगरमा गरेको आमसभामा बोल्दै उनले एमाले र कांग्रेसको घोषणापत्रको तुलना गरेका हुन् । एमालेको घोषणापत्रमा भने अग्ला अग्ला भवन र भ्यूटावर देखिएको तर मान्छेको अनुहार नदेखिएको महामन्त्री शर्माको भनाई थियो ।
कांग्रेसले भने ह्वील चेयरमा बस्ने र सुकुम्बासीहरुलाई घोषणापत्रमा प्राथमिकता दिएको उनले बताएका छन् ।
बाध्यता भएर मात्रै कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल गर्नुपरेको महामन्त्री शर्माको भनाई छ । संविधानलाई ठीक ठाउँमा ल्याउन गठबन्धन बाध्यतात्मक भएको उनको भनाइ छ ।