नेकपा एमाले संसदीय दलको बैठक दुई ठाउँ - दुई समयमा

8.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । आजको बैठकमा सहभागी हुने या नहुने नेपाल समूहका सांसदहरुको विहान बस्ने बैठकले तय गर्दैछन् । आज ३ बजे बालुवाटारमा संसदीय दलको बैठक डाकिएको छ । पार्टीभित्रको आन्तरिक किचलो बढ्दै गएका बेला नेकपा एमालेको माधव पक्षको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

 

संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा जाने या नजाने निर्णय गर्न माधव नेपाल समूहको बैठक ११ बजे  काठमाडौँको कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बोलाएको हो ।  बैठकमा माधव नेपाल समूहका सांसदहरुले अबको कदमबारे छलफल गर्नेछन् । एमालेको नेपाल समूहभित्र राजीनामा दिएर भएपनि नयाँ ढंगले बढ्नुपर्ने या पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने दुईवटा धार छ । आजको बैठकले कुन धार पक्रेला चासो बनेको छ

 

आजको घटनाले एमालेभित्रको राजनीतिलाई पनि नयाँ मोड दिने बुझिएको छ । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकतालाई मान्यता नदिएसँगै माओवादी केन्द्र र एमाले पूर्ववत अवस्थामा फर्किएका छन् । माधव पक्षले उक्त निर्णय ओलीले पार्टी विधान विपरित गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार