३२ दलले गरे निर्वाचन आचारसंहिता उल्लंघन, ठूला दल अगाडि

15.3k Shares

 निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमा प्रमुख राजनीतिक दल र तिनका उम्मेदवार अगाडि देखिएका छन्। निर्वाचन आयोगले ३२ राजनीतिक दल र तिनका उम्मेदवारसँग निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा स्पष्टीकरण मागेको जनाएको छ।

 

आचारसंहिता उल्लंघन गर्नेमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत छन्। स्पष्टीकरण माग्ने क्रम चलिरहे पनि आचारसंहिता उल्लंघनको क्रम नरोकिएको आयोगले जनाएको छ।

 

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग जवाफ मागेको बताए। पाँच जनाको जवाफ अझै नआएको उनको जानकारी दिए।

 

चुनावी सभामा मन्त्रीहरूको उपस्थिति, सरकारी स्रोतसाधनको दुरुपयोग, चुनावी सभामा बालबालिकाको प्रयोग र प्रतिद्वन्द्वी उम्मेदवारको मानमर्दनलगायत विषयमा  आयोगले दल तथा नेताहरूसँग स्पष्टीकरण मागेको छ।

 

आयोगका अनुसार आचारसंहिता उल्लंघनका घटनामा कर्मचारीको पनि संलग्नता देखिएको छ । आयोगले हालसम्म आठवटा सरकारी संघ संस्था तथा कर्मचारीसँग आचारसंहिता उल्लंघनको घटनामा जवाफ माग गरेको छ।

 

ताजा अपडेट
सम्बन्धित समाचार