प्रधानमन्त्री र मन्त्रीहरू चुनावी प्रचारमा जानु आचारसंहिताको ठाडो उल्लंघन भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन्।
उनले आफैले हस्ताक्षर गरेको कानुनको खिल्ली नउडाउन आग्रह समेत गरेका छन । उनले भनेका छन्, ‘सभापतिको हैसियतमा चुनाव प्रचारमा गएको मान्दा प्रधानमन्त्री अर्को व्यक्तिहुने कानुनी व्यवस्था छ र रु छैन भने कि कानुन फेर कित आचार संहिता पालना गर । आफैले हस्ताक्षर गरेको कानुनको खिल्ली नउडाउ ।’

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनको सभा भन्दै देश दौडाहामा छन्। उनले आज चितवनको सभालाई सम्बोधन गर्दैछन्।