नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रीटमाथिको बहस सकिएको छ ।
एआईजी विश्वराज पोखरेलले गत सोमबार दायर गरेको रिटमाथि बुधबारदेखि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस सुरु भएकोमा आज दुवै पक्षको बहस सकिएको हो । बिहीबार भएको बहसमा पूर्व महान्यायाधीवक्ता रमेश वडाल र वरिष्ठ अधिवक्ता सुनील पोखरेलले बहस गराएका थिए । उनीहरु दुवै जनाले प्रहरीमा बरियता मिच्ने परम्परा नै बसाल्न खोजिएको भन्दै पोखरेलको पक्षमा अन्तरिम आदेश माग गरेका हुन ।
यस्तै अधिवक्ताहरू सानुराजा पोखरेल, ललित बस्नेत र माधव बस्नेतले पनि पोखरेलको पक्षमा बहस गगरेका हुन । बहस सकिएसँगै आदेश तयार गर्ने काम भईरहेकाले रिट उपर बिहीबार नै आदेश आउने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
बुधबार भएको बहसमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गर्नुभएको थियो भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईले बहस गगेका थिए ।
सरकारले गत आइतबार एआइजी धिरतप्रताप सिंहलाई आइजीपी नियुक्त गरेपछि अर्का एआइजी पोखरेलले सर्वोच्चमा रिट दायर गराएका हुुन ।