हामीले पाँच वर्षभित्र कामको कास्टिङ देखायौँ , अब ‘फिल्म’ देखाउँछौँ : रेनु दाहाल

14.5k Shares
सम्बन्धित पार्टी

सत्ता गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उमेदावर रेनु दाहालले गएको पाँच वर्षमा भरतपुरमा आफूहरूले विकासको ‘कास्टिङ’ गरेको भन्दै पुनः जितेर पाँच वर्षभित्र पूर्ण ‘फिल्म’ देखाउने जिकिर गरेकी छन् ।

 

बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नगरवासी र प्रतिपक्षहरूको अगाडि टाउको झुकाउनुपर्ने अवस्था नभएको दाबी गरिन् । “हामीले पाँच वर्षभित्र कामको कास्टिङ देखायौँ । धेरै आयोजनाको काम अघि बढाएर कास्टिङ देखाइसक्यौँ । हामीलाई जिताउनुहोस्, पाँच वर्षभित्र आयोजना पूरा गरेर समग्र फिल्म देखाउँछौँ,” उनले भनिन् ।

 

उनले रोजगार बैंकको स्थापना गर्नेदेखि विदेशी लगानी भित्र्याउने र आर्थिक विकास केन्द्रको हब बनाउने प्रतिबद्धता व्यक्त गरिन् । “पाँच वर्षमा ६२२ किलोमिटर सडक विस्तार गरेका छौँ । शुद्ध खानेपानीको व्यवस्थापनका लागि चार अर्बका खानेपानी योजना अघि बढाएका छौँ । अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माणको काम जारी छ । चार अर्ब ७२ करोड लगाएर नारायणीको तटबन्धन निर्माण भएको छ,” कामको फेहरिस्त सुनाउँदै उनले भनिन् ।

ताजा अपडेट
सम्बन्धित समाचार