एमाले एकता हुने सम्भावना न्यून

19.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  सर्वोच्चको फैसलापछि ब्युँतिएको नेकपा एमाले  अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपालबीच औपचारिक विभाजनतर्फ उन्मुख भएको छ ।  शुक्रबार काठमाडौँमा खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकको निर्णयले यसबारेमा थप स्पष्ट पार्नेछ ।

 

ओली निकट एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने 'नेपाल समूहसँग मिल्ने सम्भावना न्यून छ ।  नेपाल समूहसँग मिल्‍ने कुरा अब धेरै टाढाको विषय भयो । गएको शनिबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपालसहितका चार नेतालाई स्प्ष्टीकरण सोध्‍ने निर्णय गरेका थिए । 

 

ओलीले आत्मसम्मान नदिने, पदीय रुपमा पनि जिम्मेवारी बाँडफाँड नगर्ने, विगतका कुरा सम्झेर पेलेरै निर्णय गर्ने कारण मिल्ने सम्भावना कम हुँदै गएको छ । खनाल-नेपाल समूह नरम भए पनि झन आक्रामक बनेका ओलीका कारण पार्टी विभाजनतर्फ उन्मुख भएको नेताहरुको भनाई छ । 

ताजा अपडेट
सम्बन्धित समाचार