एमाले अध्यक्ष ओलीले प्रदेश १ का चारवटा सभालाई सम्बोधन गर्ने

10.6k Shares
सम्बन्धित पार्टी

 एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन्। 

ओलीले मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।  

ओलीले भोलि राजनीतिक रूपमा चर्चित रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्।  त्यसपछि उनी रुपन्देहीको बुटवल जानेछन्।

निर्वाचनमा प्रचार गर्ने केही दिन मात्र बाँकी रहेको बेला अध्यक्ष ओली चुनावी दौडधूप बढेको हो। 

ताजा अपडेट
सम्बन्धित समाचार