सत्ता गठबन्धनले आज धनगढीमा चुनावी सभा गर्दै , शीर्ष नेताले सम्बोधन गर्ने

9.7k Shares

सत्तारुढ गठबन्धनले सोमबार कैलालीको धनगढीमा चुनावी सभा गर्दैछ। सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका अन्य शीर्ष नेताले सम्बोधन गर्नेछन्।

सभामा सहभागी हुन प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगिसकेका छन्। देउवा नेपाली सेनाको हेलिकप्टरमार्फत् धनगढी आर्मी ब्यारेक उत्रिएका हुन्। उनी धनगढी उपमहानगरपालिका ४ स्थित आफ्नै निवासमा बसेका छन्।

सभामा सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आइतबार बेलुकी नै धनगढी पुगेका छन्। 

धनगढीको सभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्लाप्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए। कांग्रेसले मंगलबार डडेलधुरा चुनावी सभा राखेको छ। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेकोनेता रमेश भट्टराईले जानकारी दिए।

ताजा अपडेट
सम्बन्धित समाचार