आज राष्ट्रिय कानुन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

11.4k Shares

आज राष्ट्रिय  कानुन दिवस काठमाडौँसहित देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।

आज सर्वोच्च अदालतले सर्वोच्च अदालत परिसरमा चियापान कार्यक्रम गर्देछ।


कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी जाने कार्यतालिका रहेको छ। विसं। २००८ मा ऐतिहासिक रूपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन वैशाख २६ लाई नेपालले कानुन दिवसका रूपमा मनाउने गरेको छ ।

नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न तथा नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्तालाई जोड दिइन्छ।


यस दिवसका दिन तीन वटै तहका अदालतहरू जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा बिदा हुने गर्दछन्।

ताजा अपडेट
सम्बन्धित समाचार