चुनाव ‘अग्रगमन र प्रतिगमन’को लडाइँ : ‘प्रचण्ड’

12.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपालिको स्थानीय तहको चुनाव ‘अग्रगमन र प्रतिगमन’को लडाइँ भएको बताएका छन् ।

सोमबार एक अपिल जारी गर्दै प्रचण्डले स्थानीय चुनवा सिंहदरबार केन्द्रीत अधिकार जनताको घरदैलोमा स्थापित गराउन कोशेढुंगा बनोस् भन्ने कामनासमेत गरेका छन्।


‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन्’ प्रचण्डको भनाइ छ ।

साँचो अर्थमा जनताले संघीयता महसुस गर्न नपाएको भन्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती रहेको बताएका छन्। कृषिमा अनुदानमार्फत् उत्पादन, किसान पेन्सन, औद्योगिकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी जस्ता कुराको प्रत्याभूति नभइ साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने उनको भनाइ छ।

ताजा अपडेट
सम्बन्धित समाचार